Tuesday, October 7, 2014

VoIP सम्बन्धी वास्तविकता

“कल आयो पैसा पायो” कस्तो आकर्षक नारा । कुनै समय थियो जति खेर नेपाल टेलिकमले फोन रिसिभ गरेको ३ रुपैयाँ लिन्थ्यो । अहिले चाहिँ रिसिभ गरेको पैसा पाइछ । यो सेवा Ncellले सुरु गर्यो र टेलिकम ले पनि सुरु गरेको छ । यसरि रिसिभ गर्दा पैसा दिने सेवा विशेष समयमा अन्तरराष्ट्रिय कल आउँदा दिने गरिन्छ । 

अचम्मको कुरा के भने, कुनै व्यापार गर्ने संस्था ले नेटवर्कको उपयोग गरेको पैसा लिनु पर्ने मा झनै उल्टो ग्राहकलाई दिन्छन् । यो कसरी ग्राहकको आँखामा छारो हालिन्छ, मेरो अनुभव यस्तो छ ।

म केही समय अघि भारत जाँदा त्यहा बाट फोन गरेको थिए र त्यसको महसुल प्रति मिनेट नेपाली रु १६ तिर्नु पर्यो तर नेपालबाट भारत फोन गर्दा यि दुबै दूरसंचारका संचालकहरुले प्रति मिनेट करिब नेरु ३ लिने गर्छन् । त्यस्तै मैले मलेसिया बाट नेपाल फोन गर्दा प्रति मिनेट करिब नेरू २०० तिरेको थिए (केहि थप पैसा होटले लिएको पनि हुन सक्छ) तर नेपाल बाट गर्दा करिब नेरु ७ तिरे पुग्छ । यी मात्र केही उदाहरण हुन । तपाइँ विदेश गएका नेपालीहरूलाई सोध्नुहोस् उनीहरू फोन गर्दा कति तिर्छन् । बिचरा खाइ नखाइ कमाएको पैसा फोन गर्दा धेरै सकिन्छ । कि फोन नगरि बस्नु पर्यो कि नेपालबाट गर्नु पर्यो ।

नेपालका दूरसंचारका संचालकहरु मिलेर सिन्डकेट बनाएका छन । विदेशबाट फोन आउँदा आफ्नो नेटवर्क प्रयोग गरे बापत धेरै महसुल असुल्ने गर्छन् । यसरी विदेशबाट फोन आउँदा प्रशस्त पैसा कमाउन पाएकोले नेपालका दूरसंचार संचालकहरु मिलेर सिन्डकेट बनाइ प्रशस्त कमाइ रहेका छन् । त्यही बाटो फोन जाँदा एउटा पैसा, अनि आउँदा कयौ गुना धेरै हुन्छ त ? केहि फरक भने हुन सक्छ । नेपालमा फोन गर्ने केही अपवाद छोडेर नेपालीले नै हुन । त्यसैले नेपालीको पैसा लुटिइरहिएकोछ ।

नेपालका मान्यता प्राप्त दूरसंचार कम्पनीहरूले यति धेरै पैसा असुल्ने भएकोले विदेशी कम्पनीहरूले सस्तो कलको लागि प्रयास गर्छन र अबैद VoIP संचालकहरु संग आगमनको सेवा लिन्छन् । विदेशी कम्पनीहरूले सस्तो सेवा दिनका लागी अबैद VoIP संचालकहरु कहा कल पठाउछन (Call routing गर्छन्) र तिनिहरुले उनै मान्यता प्राप्त दूरसंचार कम्पनीहरूको नेट्वर्क बाट ग्राहाक कहा कल पठाउन् । आखिर नेपालका दूरसंचारका संचालकहरु को सिन्डकेटका कारण यिनिहरुलाइ नै घाटा भैरहेको छ र सरकारलाई पनि TSC र VAT गरेर २४% घाटा भैरहेको छ ।

त्यसैले, मेरो बिचारमा अन्तराष्ट्रिय आगमन कलको दर घटायो भने विदेशी कम्पनीहरूले अबैद VoIP संचालकहरु बाट कल नपठाइ मान्यता प्राप्त दूरसंचार कम्पनीहरूमार्फत कल पठाउछन् र उनिहरुलाई र अन्तमा देशलाइ नै फाइदा हुन्छ । यसरि अहिले आउने कल भन्दा अझ बढि हनेछ र कालान्तरमा यिनिहरूलाई नै फाइदा हुनेछ । नत्र आधा भन्दा कम पैसा लिएर पनि फाइदा हुने देखेपछि अबैद VoIP संचालकहरु अझ बढ्ने छन् र Ncell र नेपाल टेलिकमले जस्ता मान्यता प्राप्त दूरसंचार कम्पनीहरूले अन्तराष्ट्रिय आगमन कलबाट सुको कमाउने छैनन् ।

यसमा सबैको ध्यान जानु आवश्यक छ ।

2 comments: