Thursday, June 5, 2014

नेपाली वर्षको गणना


वैशाख १ गते, नेपालीले नया वर्ष मनाउने दिन हो । यो दिन नेपालीहरू शुभकामना साटासाट गरि मनाउँछन् ।  विक्रम संवत् नेपालमा परापूर्व काल (विभिन्न समयका सिला लेख जस्तै लिच्छवि कालमल्ल काल आदि बाट प्रमाणित हुन्छदेखि चल्दै आएको भएपनि यसलाई आधिकारिक रूपमा चलन चल्तीमा ल्याउने काम चन्द्र शम्शेरले गरे । नेपालमा नागरिक प्रयोग र आधिकारिक प्रयोगमा सौर्य वर्ष (विक्रम संवत्र सौर्य महिना (वैशाखजेठअसारसाउन …) प्रयोग गरिन्छ ।

नेपालमा कहिले कहीँ नेपाली पात्रो बाट एक महिना घटाउनु पर्ने भन्ने लगाएतका कुरा हुने गर्छन् जुन कुराको कुनै अर्थ नै छैन । नेपाली पात्रो प्रणाली र यसको वैज्ञानिक अर्थ नबुझेर यस्तो भनिएको हो । नेपाली पात्रो चन्द्र र सुर्यको स्थानको गणना गरि तयार गरिन्छ । यसमा विक्रम संवत् सुरु हुनु भन्दा करिब ४५० वर्ष पहिले लेखिएको ग्रन्थ सुर्य सिद्धान्तको गणितको नियम र आधुनिक वैज्ञानिक पद्धतिको पनि प्रयोग गरिन्छ । नेपाली पात्रोमा चन्द्र महिना र सुर्य महिना हुन्छन् । चन्द्र महिना शुक्ल पक्षको प्रतिपदा बाट सुरु भएर पुर्णिमा मा सकिन्छ । यसमा कृष्ण पक्षका १५ दिन (प्रतिपदादुतिया, …, औँसीर शुक्ल पक्षका १५ दिन (प्रतिपदादुतिया, …, पुर्णिमाहुन्छन् । नेपाली चाड पर्वहरूको लागी यही चन्द्र महिनाका दिनहरू प्रयोग गरिन्छ जस्तै असोज शुक्ल दशमीका दिन दसै पर्छ । खास चन्द्रमाले पृथ्वीलाई ३६० डिग्री परिक्रमा गर्न २७.५५४५५ दिन लगाए पनि पुर्णिमा देखि अर्को पुर्णिमा सम्मलाई चन्द्र महिना मानिन्छ जुन २९.५३०६ दिनको हुन्छ । त्यसैले चन्द्र महिनालाई लिएर वर्ष बनाउँदा ३५४.३६७२ दिनको वर्ष हुन्छ जुन सौर्य वर्ष भन्दा १०.८७ दिन छोटो हुन्छ ।


पृथ्वीले सुर्यको परिक्रमा गर्दा ३६० डिग्री पार गर्न ३६५.२५६३६३ दिन लाग्छ । यसरी पृथ्वीले ३६० डिग्री पार गर्दा गणना गर्ने वर्षलाई निरायण वर्ष (sidereal year) भनिन्छ । नेपाली पात्रोले वर्ष गणना गर्दा निरायण वर्ष गणना गर्छ । तर इस्वी संवत् ले सायन वर्ष (tropical year) प्रयोग गर्छ । सायन वर्षमा हाल ३६५.२४२१९ दिन हुन्छन् । पृथ्वी भुरुङ जस्तै ढल्केर आफू घुम्ने भएकोले (precession of the equinoxes)  सायन वर्षमा ऋतु मिलाउनका लागि हाल ३६० डिग्री नपुग्दै वर्ष टुङ्गिन्छ र यो हरेक वर्ष ३६० डिग्रीमा ५३.घट्दै जान्छ । हाल निरायण वर्ष र सायन वर्ष को फरक २० मिनेट २४.५ सेकेन्डको छत्यसैले करिब ७० वर्षमा १ दिनको र करिब १०५८ वर्षमा १५ दिनको फरक पर्छ । त्यसैले अहिले पुस १७ गते जनवरी १ छ भने १०५८ वर्ष पछि पुस २ गते जनवरी १ हुन्छ । विक्रम संवत् को सुरु देखि अहिले सम्म विक्रम र इस्वी संवतमा २९ दिन फरक परिसकेको छ । नेपाली पात्रो अनुसार यही कारणले गर्दा ऋतुहरू सर्दै जान्छन् तर इस्वी पात्रो अनुसार ऋतुहरू अचल हुन्छन् । तर नेपाली पात्रोका सौर्य महिना ठीक राशिमा (तारा गणको ठीक ठाउँमा जस्तै वैशाख मेश राशिबाट सुरु हुन्छसुरु हुन्छन् भने इस्वी पात्रोमा महिनाहरू राशिबाट सरि रहन्छन् ।  पृथ्वीको भुरुङ जस्तै ढल्केर आफू घुम्ने गति करिब २५७७० वर्षको भएकोले २५७७० वर्ष पछि निरायण वर्ष र सायन वर्ष त्यही ठाउँमा आइ पुग्छ र नेपाली पात्रो अनुसार ऋतुहरू पनि उही ठाउँमा पर्छन् ।


चित्रमा पृथ्वीको आफ्नो २४ घण्टे परिक्रमा र पृथ्वी ढल्किदैं घुम्ने २५७७० वर्षको परिक्रमा देखाइएको छ ।

चन्द्र महिना लाई लिएर वर्ष गणना गर्दा वर्ष १०.८७ दिन छोटो हुने भएकोले त्यसलाई सौर्य महिनामा अधिकमास (मलमास) को प्रयोग गरेर समायोजन गरिन्छ । अधिकमास परेको बेला १३ चन्द्र महिनाको वर्ष हुन्छ । अधिकमास परेको बेला थपिएको चन्द्र  महिनाका नाम अगाडि अधिक जोडिन्छ र पहिलेको चन्द्र  महिनाको अगाडि सुद्ध जोडिन्छ । जस्तै सुद्ध जेठ कृष्ण पक्ष र अधिक जेठ कृष्ण पक्ष । साधारणतया सौर्य महिना भित्र एउटा औँसी पर्छ र त्यो औँसी पर्ने चन्द्र महिनाको नाम पनि त्यही सौर्य महिनाको नामबाट राखिन्छ जस्तै पुस कृष्ण पञ्चमी । तर यदि कुनै सौर्य महिनामा दुई वटा औँसी पर्यो भने त्यो महिनामा अधिक चन्द्र महिना हुन्छ । तर कहिलेकाहीँ कुनै सौर्य महिनामा एउटा पनि औँसी परेन भने त्यो महिनाको नामको चन्द्र महिना हुँदैन । त्यसलाई क्षयमास भनिन्छ । क्षयमास पर्दा क्षयमासको अगाडि र पछाडि गरेर दुई अधिकमास पनि पर्ने भएकोले वर्षको संरचना सधैँ झैँ १२ महिना र आवश्यक अधिकमास सहित को  नै हुन्छ । क्षयमास बारम्बार परि रहँदैन यो धेरै वर्षको अन्तरालमा मात्र पर्छ । क्षयमास १९ वर्ष देखि १४१ सम्ममा पर्न सक्छ । आज भन्दा पहिले वि. सं. २०३९ मा क्षयमास परेको थियो । क्षयमास छोटा महिनाहरू (मङ्सिर, पुस, माघ) मा पर्ने सम्भावना बढि हुन्छ भने अधिकमास लामा महिनाहरू (जेठ, असार, साउन) मा पर्ने सम्भावना बढि हुन्छ ।

विक्रम र इस्वी संवतमा फरक भएका दिनलाई मिलन गर्न ०६५ सालमा संस्कृति मन्त्रालयले जलकृष्ण श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएको थियो । सो कार्यदलले दिएको सुझावका आधारमा ०६७ सालमा चैत महिना हटाउने निर्णय मन्त्रालयले गरेको थियो । तर यसको चौतर्फी विरोध भएपछि निर्णय फिर्ता लिइयो । कुरै नबुझि किन निर्णय गरेको होला ?

पृथ्वीले सुर्यको परिक्रमा गर्दा ३६० डिग्री पार गर्न ३६५.२५६३६३ दिन लाग्छ तर प्राचीन ग्रन्थ सुर्य सिद्धान्तको अनुसार वर्ष ३६५.२५८७५६ दिनको हुन्छ । नेपाली पात्रोले सुर्य सिद्धान्तको नियम मान्ने भएकोले सहि वर्ष र नेपाली पात्रोको वर्षको फरक ३ मिनेट २७ सेकेन्डको हुन्छ । यदि सहि समयको क्रम प्रयोग गरि वैज्ञानिक पात्रो बनाउने भए नेपाली पञ्चाङ्ग निर्माताहरूलाई म यो निरायण वर्षको समय सच्याउन सुझाव दिन्छु ।

छिमेकी राष्ट्र भारतमा पनि सुर्य सिद्धान्तको वर्षलाई सच्याएर निरायण वर्षको सहि समय प्रयोग गर्न पात्रो सुझाव आयोगले इस्वी १९८८ मा प्रतिवेदन पेस गरेको छ । त्यस सुझावमा महिनाका दिनहरू निश्चित राख्ने र चन्द्र महिनाको गणना पौराणिक तरिकाले नै गर्ने भनिएको छ । चैत ३०/३१वैशाख ३१जेठ ३१असार ३१साउन ३१भदौ ३१ र बाँकी महिना ३० दिनको गर्नु पर्ने सुझाव दिइएको छ । चैत महिना ३० दिनको हुनेछ र यो चार चार वर्षमा ३१ को हुने छ र हरेक १६० वर्ष पछि ३१ को हुने छ । इस्वी २००४ मा यो पात्रोको प्रयोग सरकारले सुरु गर्यो र चैत नभइ फागुनलाई ३०/३१ दिनको गरायो ।

नेपालको पुरानो संवतलाई जोगाउयसलाई वैज्ञानिक बनाउसौर्य वर्ष र महिना सबैले बुझ्ने र हिसाब गर्न सक्ने बनाउ ।

सन्दर्भ सामग्रीहरू:
Calendrical Calculation by Nachum Dershowitz
Indian Calendric System by SK Chatterjee


4 comments:

  1. Hey Daya sagar,
    Very insightful post and very educational too.
    I used to make fun of countries entirely based on lunar calander as they have to make yearly adjustment to keep up, never realized that our own calender is a mix of solar and lunar calendar which has its own tendency of slipping sideways!
    would love to read more interesting posts from you mate.
    Do keep them coming
    -Anjan

    ReplyDelete
  2. this artical is very useful to astrologist . thank you daya sagar sir .

    ReplyDelete